प्रथम म्याग्दे ब्याडमिन्टन कप चैत १२ गते देखि सुरु

  • ख-
  • ख+

म्याग्दे : ” स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रकाे लागि खेलकुद ” भन्ने मुल नाराका साथ प्रथम म्याग्दे ब्याडमिन्टन कप २०७७ चैत १२ गते देखि १५ गतेसम्म हुने भएको छ । फागु पुर्णिमाकाे अवसर पारेर थर्पु ब्याडमिन्टन क्लबले म्याग्देमै पहिलोपटक ब्याडमिन्टन खेल आयाेजना गर्न लागेको संयोजक कुशल थापाले बताए । म्याग्दे गाउँपालिका वडा नँ ४ स्थित कवर्ड हलमा हुने उक्त प्रतियोगिताका लागि चैत १० गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयाेजक दिपक श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश २२ हजार , १५ हजार र ५ हजार तथा मेडल , ट्रफि र प्रमाणपत्र प्रदान गरिने संयोजक कुशलले बताए । क्लबले टिम दर्ताको लागि सबै खेलप्रेमि खेलाडीहरू लाइ अनुरोध गर्दै २ हजार रूपयां दर्ता शुल्क राखेको आयाेजक विष्णु नेपालीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी