विभिन्न मुद्दामा फरार १३ प्रतिवादी पक्राउ

  • ख-
  • ख+

दमौली : विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही अदालतबाट फैसला भई दण्ड, जरिवाना, नतिरी फरार रहेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । बिगत १५ बर्ष देखी कर्तव्य ज्यान मुद्दामा फरार रहेकी जिल्ला तनहुँ साबिक ढोरफिर्दी गा.वि.स. वडा नं. ६ स्थायी घर भई हाल जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. २ ढेकार बस्ने बर्ष ६० की ज्ञानुमाया नेपाली उपर सर्वोच्च अदालतको मिति २०६२।०४।११ गतेको फैसलाले १० बर्ष कैद सजाय सुनाएकोमा तोकिएको कैद सजाय भुक्तान नगरी हालसम्म फरार रहेकी उनलाई बुधबार पक्राऊ गरेको हो । त्यसै गरी भानु न.पा. वडा नं. १० बस्ने बर्ष ५२ का कुमार देव पन्त उपर तनहुँ जिल्ला अदालतको मिति २०५५।०३।०३ गतेको फैसलाले १५ महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेका कुमार देव पन्तलाई पक्राउ गरेको हो । त्यसै गरी नाता कायम मुद्दामा फरार रहेका २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४ जना, लेनदेन मुद्दामा फरार रहेका २ जना, हातहतियार मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जना र सवारी ज्यान मुद्दामा फरार रहेका १ जना गरी जम्मा १३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा २१ बर्ष ५ महिना कैद र जम्मा रु. २,१८०।- जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्