ऋषिङः शुक्लागण्डकी नगरपालिकाको भलिबल टिमले ऋषिङ अध्यक्ष कप उचालेको छ ।
ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित प्रथम ऋषिङ अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता अन्र्तगत सोमबार भएको फाईनल खेलमा शुक्लागण्डकीले घिरिङलाई हराउँदै उपाधि उचालेको हो ।
प्रतियोगितामा शुक्लागण्डकी २२÷२५ १५÷२५ १२ ÷२५ को सोझो सेटमा शुक्लागण्डकी विजयी भएको हो । प्रतियोगितामा घिरिङ्ग उपविजेता बनेको छ ।
प्रतियोगितामा भिमाद नगरपालिका तृतिय र नवलपुर बर्दघाट सुस्ता पूर्वका बुलिङ्गटार सान्त्वना भएका छन् ।