तनहुँको सुरक्षा व्यवस्था: ८ सय ५ जनालाई १ प्रहरी

  • ख-
  • ख+

विकास खनाल

डुम्रे: तनहुँ जिल्लाका ८ सय ५ जना नागरिक बराबर १ जना प्रहरीले सुरक्षा दिँदै अाएका छन् । सुक्रवार जिल्ला प्रहरी कार्यलय तनहुँले डुम्रे मा अायाेजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी अरूण पाैडेलले साे जानकारी गराएका हुन् ।

एसपी पाैडेलले तनहुँ जिल्लामा ३४ वटा प्रहरी इकाई रहेकाे साे अवसरमा जानकारी दिए । अहिले तनहुँमा ६३३ जनाकाे दरवन्दि रहेको भए पनि ४ सय ७० जना मात्रै प्रहरी रहेकाे पाैडेलले बताए । जिल्लामा लागुअाैसध राेकथामकाे लागि , चाेरि डकैती नियन्त्रण सहितका अभियानको लागि प्रहरीले समुदाय सँग मिलेर शान्तिसुरक्षा प्रदान गर्दै अाएकाे छ पाैडेलले भने ।

पछिल्लो ६ महिनामा जिल्ला प्रहरी कार्यलय तनहुँले ४९ वटा खराब पक्षका मुद्दा साथै १४ वटा बलात्कारका घटना सहित २४० वटा मुद्दा शिर्षकमा काम कारवाहि अगाडि बढाएकाे उनलेे बताए । हामीले गम्भीर अपराध का मुद्दामा धेरै भन्दा धेरै लाई कानुनी दायरामा ल्याउन सफल भएका छाैँ ।

१ प्रहरी कार्यलय १ कम्प्युटरकाे अवधारणा अगाडि बढाएका छाैँ , भावि याेजनामा ट्राफिक दुर्घटना बढिरहेकोले त्यसलाई ब्यबस्थापन , राेकथाम का लागि लागुअाैसध नियन्त्रणका लागि प्राथमिकतामा राखेर काम गर्ने, पुराना अपराधका घटनाका सम्बन्धमा , चाेरिका घटनाका सम्बन्धमा कार्ययोजना बनाएर अगाडि बढेका छाैँ र अबैध रूपमा नदिजन्य दाेहनकाे सम्बन्धमा , सिसिटिभि जडानका सम्बन्धमा हामीले कार्ययोजना बनाएर अगाडि बढेका छाैँ पाैडेलले भने।

बाटोकाे म्याद वाहेक सुचना प्राप्त भएको ५ मिनेटमा प्रहरी घटना घटेको ठाउँमा पुग्ने गरेको एसपी अरूण पाैडेलले बताए । नागरिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागर अाचार्य रहेका थिए ।

त्यस्तै पत्रकार महासंघ तनहुँका अध्यक्ष अाेमकार अाचार्य , बन्दिपुर गाउँपालिका का वडा अध्यक्ष भानुभक्त पाेख्रेल , डिएसपी युवराज तिमिल्सिना , भानु मुकामका प्रहरी लगायत विभिन्न संघसंस्था का प्रतिनिधि हरूकाे उपस्थिति रहेको थियो । अन्तर्क्रियामा सहभागी हरूले जिल्लाकाे शान्ति सुरक्षाको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा जग्गादाता ध्रुव लाल श्रेष्ठ पिया र उनको परिवारलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी