काङ्ग्रेस के गर्ने ? सरकारमा गइहाल्ने?

  • ख-
  • ख+

हुतमणि अधिकारी

सर्वोच्च अदालतको फैसला पछि बिकसित भएको राजनीतिक घटनाक्रमले देशको सत्ता राजनीति काङ्ग्रेस र काङ्ग्रेस सभापति देउवाको वरिपरि घुम्न थालेको छ। राजनीतिमा हरेक संभावना हुने रहेछ ,अहिले हुन्छ भनेको कुरा भोलि नहुन पनि सक्छ, हुँदैन भनेको कुरा भएरै छाड्न पनि सक्छ ।

कानुनी जटिलतामा जेलिएको नेकपाको फुट र एकताले जुनसुकै बेला नाटकीय रुप लिन सक्छ । तथापि अहिले सरसर्ती हेर्दा प्रतिनिधि सभा पुनस्थापना पछि सरकार बिघटन र गठन सम्बन्धित उत्पन्न अन्योल र अनिश्चितता चिर्न काङ्ग्रेस र सभापति देउवाको भुमिका निर्णायक हुने देखिन्छ ।

यही तथ्य बुझेर नेकपाका दुबै गुट देउवालाई फकाउन, रिझाउन पुगेका छन् , एउटा गुटले अर्कोलाई भित्तामा पुर्‍याउन , सके समाप्त गर्न नभए धुलोमै मिलाउन मोर्चा कसिरहेकाछन्, दाउपेच खेलिरहेका छन् । सत्ताको किस्ती बोकेर सभापति देउवा सित सहयोग याचना गरिरहेका छन् , सत्ताको चाबी बुझिदिन अनुरोध बिसाएका छन् ।

सबैको नजर देउवातिर

यस्तो परिस्थितिमा काङ्ग्रेस र देशको भलाइ र भविष्य के मा छ, कसो गर्दा काङ्ग्रेस गहकिलो र चहकिलो हुन सक्छ भन्नेमा मुख्य नेताहरू सोच्दै हुनन्, , पार्टीमा छलफल गर्दै, सल्लाह लिँदै हुनन् । नेकपा भित्रको परिदृश्य प्रष्ट नदेखिँदै हतारमा निर्णय लिन उपयुक्त हुँदैन भन्ने भलिभाँति बुझेका काङ्ग्रेस जनले केही समय पर्खन र नेकपाका दुई फरक गुटका निर्णय र कदमको अाकार, प्रकार , कानुनी हैसियत , दृढता , परिपक्वता हेरी उपयुक्त समयमा उपयुक्त निर्णय लिने निश्चित देखिन्छ ।

नेकपाका दुबै गुट देउवालाई फकाउन, रिझाउन पुगेका छन् , एउटा गुटले अर्कोलाई भित्तामा पुर्‍याउन , सके समाप्त गर्न नभए धुलोमै मिलाउन मोर्चा कसिरहेकाछन्, दाउपेच खेलिरहेका छन् । सत्ताको किस्ती बोकेर सभापति देउवा सित सहयोग याचना गरिरहेका छन् , सत्ताको चाबी बुझिदिन अनुरोध बिसाएका छन् ।

सबैको नजर अहिले देउवा तिरै छ, देउवालाई पनि सजिलो छैन । उनका लागि अप्ठ्यारो र असहजता बाहिरी पक्ष र तत्वबाट भन्दा पार्टी भित्र का स्थायी प्रतिपक्षी इतर समुहका नेताहरुबाट सिर्जना हुने देखिएको छ। उनीसँग असहमत पक्ष अहिले नै सर्वेसर्वा देउवा सरकारमा बसेर महाधिवेशन गराउँदा झन् शक्तिशाली हुने भयले झस्किएका र उतर्सिएका छन् ।

पार्टीलाई हुने नाफाघाटा भन्दा व्यक्तिगत रुपमा अाफु र अाफ्नो गुटलाइ हुन सक्ने नाफाघाटाको हरहिसाबमा व्यस्त रहँदै देउवाको महत्त्व , प्रभाव , शक्ति बढ्ने कुनै पनि परिस्थिति सिर्जना नहोस् भन्ने तर्फ सजग, सचेत देखिन्छन् ।

महाधिवेशनको दायित्व

हुन पनि काङ्ग्रेसमा महाधिवेशन नजिकै अाइ सकेको छ। पछिल्लोपटक तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता पनि काङ्ग्रेस सामु खडा छ। अब कुनै निहुँमा महाधिवेशन रोकिन हुँदैन , निर्धरित समयमै महाधिवेशन सम्पन्न गर्न सबै इमानदारीपूर्वक लाग्नुपर्छ , यसमा छलछाम गर्न हुँदैन , पाइँदैन । पार्टी भित्रको लोकतान्त्रिक पद्धतिका प्रति सबैको प्राथमिकता र प्रतिबद्धता चाहिन्छ नै ।

यस्तैमा थरि थरि गुट उपगुटमा बाँडिएका नेता तथा तिनका कार्यकर्ताहरुलाइ महाधिवेशनको रन्को लागि सकेको छ। गुटगत कार्यक्रम , क्रियाकलाप र गतिविधि बढ्दै गएको छ। देउवाको पकडमा पुगेको पार्टी सत्ता त्यहाँबाट फुत्काउन असहमत पक्षका नेताहरू न्वारान देखिको बल लगाइरहेका छन् , त्यसका लागि कुनै कसर बाँकी नराख्ने हिसाबले अगाडि बढ्दै छन् ।

अहिलेको अबस्थामा पार्टीका सभापति र संसदीय दलका नेता समेत रहेका देउवा पार्टी भित्र चुनौती बिहीन देखिएका छन् , उनलाई रोक्न छेक्न सक्ने गणित इतर समूह संग छैन । उनीहरु यसर्थ पनि छटपटाएका, अत्तालिएका छन् र जे जसरी भए पनि देउवालाई रोक्नुपर्छ भन्ने मनोविज्ञानको उग्र मानसिकतामा छन् ।

देउवा सरकारमा गए भने वा प्रधानमन्त्री बने भने फेरि अर्को कार्यकाल पनि सभापति बन्ने ,पार्टी पुन: उनकै बहुमतको प्रभावमा जाने डर संस्थापन इतर नेताहरुमा छ। देउवा प्रधानमन्त्री बन्न सक्ने परिस्थिति सिर्जना हुन लागेकाले उनी बिरोधि खेमामा एक किसिमको अातंक छाएको अनुभव हुन्छ ।

अहिलेको अबस्थामा पार्टीका सभापति र संसदीय दलका नेता समेत रहेका देउवा पार्टी भित्र चुनौती बिहीन देखिएका छन् , उनलाई रोक्न छेक्न सक्ने गणित इतर समूह संग छैन । उनीहरु यसर्थ पनि छटपटाएका, अत्तालिएका छन् र जे जसरी भए पनि देउवालाई रोक्नुपर्छ भन्ने मनोविज्ञानको उग्र मानसिकतामा छन् ।


विभिन्न भ्रम र अफवाह फैलाएर देउवाको छवि धुमिल पार्ने , असम्मान -अनास्था – घृणा फिजाउने, अपमान, बदनाम गर्ने, काङ्ग्रेस भित्र र बाहिरको जनमतलाई दिग्भ्रमित पार्ने अनुशाशनहीन र अराजक प्रयत्न पहिलेदेखि नै भइरहेको छ।

अाफ्नै पार्टी र,पार्टी सभापति बिरुद्धको विष बमनले पार्टी संगठनलाई कता पुरयाउला , पार्टीमा एकता , ऐक्यबद्धता , सहयोग समन्वय प्रेम मेलमिलाप बढाएर संगठन सुदृढ पार्नुपर्ने बेला विभिन्न खाले दाउपेचमा लाग्नु अात्मघाती हुने कुरा हरेक काङ्ग्रेसले मनन गर्न र नेकपामा भर्खरै देखिएको बिग्रहबाट समेत शिक्षा लिन जरुरी देखिन्छ ।

मुलुक संवैधानिक जटिलता एबंलराजनीतिक गोलचक्करमा फसेको यतिबेला संविधान र व्यवस्था रक्षाको ऐतिहासिक जिम्मेवारी काङ्ग्रेसले नै बहन गर्नुपर्ने अबस्था अाइ परेको छ। कथं नेकपा अौपचारिक र कानुनी रुपमा फुटेर नयाँ सरकार गठनमा राजनीतिको गाँठो फुक्न सकेन भने काङ्ग्रेस सो गाँठो फुकाउन अगाडि अाउनु पर्ने हुन सक्छ । संभावना बलियो देखिँदैछ – काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने अबस्था अाउन सक्छ ।

बिकसित घटना र परिस्थितिमा पार्टीले सत्ता साझेदारी गरे पनि देउवा चाहिँ नैतिक रुपले पनि प्रधानमन्त्री बन्न हुँदैन , अरु जुनियर नेतालाई सरकार मा पठाउनुपर्छ ।


तर जबर्जस्त रुपमा अहिले बिषयको उठान भएको छ, बिषयलाइ उछालिएको छ । पार्टीका एक थरि नेताहरू काङ्ग्रेस किमार्थ सरकारमा जान हुन्न, तत्काल मध्यावधि निर्वाचनमा पनि जानू हुँदैन , अघिल्लो निर्वाचनको म्यान्डेट अनुरुप पाँचै बर्ष प्रतिपक्षमा बस्नुपर्छ , बिकसित घटना र परिस्थितिमा पार्टीले सत्ता साझेदारी गरे पनि देउवा चाहिँ नैतिक रुपले पनि प्रधानमन्त्री बन्न हुँदैन , अरु जुनियर नेतालाई सरकार मा पठाउनुपर्छ ।

सकेसम्म अबको डेढ दुई बर्ष सरकार बाहिर बसेर कम्युनिस्टको कुनै गुटलाइ समर्थन गर्नुपर्छ, कम्युनिस्टहरू लाई असफल र अयोग्य साबित गर्न पनि काङ्ग्रेस सरकारमा जान हुन्न अागामी निर्वाचन जितेर मात्र सरकार बनाउनुपर्छ भन्ने खालका छद्म तर्क र षड्यन्त्र पुर्वक उचालिएका स्वरहरु छरपस्ट देखिन, सुनिन थालेका छन् ।

देउवाको बढेको प्रभाव अनि विरोधी सक्रियता

अहिले काङ्ग्रेस सरकारमा जान हुँदैन भन्ने विभिन्न तर्क र पात्र खडा गरेर देउवालाई थप शक्तिशाली बन्नबाट रोक्न नियोजित हिसाबको मिडियाबाजी हुन थालेको छ। पार्टी भित्र अाफुलाइ सेलिब्रिटी र ठूलो नेता ठान्नेहरु यस्तो सन्देश र बिचार फैलाउन नाइटो देखिको बल लगाएर मैदानमा उत्रिएका छन् । यो सरासर महाधिवेशन केन्द्रित , गुट स्वार्थ प्रेरित राजनीति हो , संस्थापन इतर समुहबाट सभापति देउवा समूह बिरुद्ध रचिएको महाधिवेशन- रणनीति हो ।

यस्तो रणनीति यदुबंशी हरकत सिबाय केही होइन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस्तो ईर्ष्या, द्वेष युक्त , कुटिल चालवाजीबाट हरेक नेता कार्यकर्ता सजग हुनुपर्छ । पार्टीलाई प्रतिशोध होइन पद्धति बाट चल्ने बनाउनुपर्छ ।

पार्टीका केन्द्रीय तथा जिम्मेवार नेतृत्व बर्गले प्रत्येक क्षण बदलिइरहेको र नयाँ नयाँ संभावना प्रकट भइरहेको नेकपा भित्रको शक्ति संघर्ष , देशको राजनीतिक परिदृश्यको सुक्ष्म अवलोकन , अध्ययन विश्लेषण गरि सुझबुझ , गम्भीरता , परिपक्वता र धैर्यता पुर्वक निर्णय लिनुपर्छ ।

अहिले तुरुन्तै हतारिन र चटारिन अाबस्यक छैन । बिगतका कमी कमजोरी र नियति बाट मुक्त हुन पार्टी भित्रको बिस्वास, एकता , सम्मान र समन्वयलाई मजबुत बनाउने तर्फ लाग्नुपर्छ ।

काङ्ग्रेसको बिफलता र पराजयको बीज बाहिर होइन काङ्ग्रेस भित्रै छ , कारण र परिणामको अाँकलन – मुल्यांकन गरि काङ्ग्रेसलाई अब साँच्चिकै नेपाली राजनीतिको मियो बनाउन अान्तरिक समस्या र बिषयलाइ उचित व्यवस्थापन गर्नुपर्छ। अन्यथा नेकपामा देखिएको रोगले काङ्ग्रेसलाई पनि गाँजेरै छाड्नेछ।

पार्टीमा विधि, पद्धति , अनुशासन , एकता , सहिष्णुता , सद्भाव, समन्वय र सहकार्य भएन भने पार्टी अहिले नेकपा जस्तो निषेध , बिग्रह र फुटको संघारमा पुग्छ। काङ्ग्रेसीहरुलाइ बेलैमा चेतना होस् ।
(लेखक – नेपाली काङ्ग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य हुन् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी