बुल्दी पुल हुँदै संसद पुनस्र्थापनासम्म, पौडेललाई कत्तिको फाप्ला सर्वोच्चको फैसला ?

  • ख-
  • ख+

टिप्पणी

पवन पौडेल
दमौलीः
गत मंसीर १७ गते बुल्दी पुल उद्घाटनका क्रममा अवरोध भए पछि जुनसुकै हालतमा उद्घाटन गर्ने अडान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लिए । बुढ्यौली उमेरमा पनि जोशका साथ पौडेल उत्रिए पछि शुरुमा निषेधाज्ञा तोकिएको ठाउँसम्म पुग्ने योजना मात्र बने पनि कांग्रेस कार्यकर्ताले घेरा तोडे र बुल्दी पुलसम्मै पौडेल पुगे ।


अप्रत्यासित रुपमा निषेधाज्ञा तोडेरै पौडेल पुगे पछि प्रशासनका लागि त्यो प्रतिष्ठाको सवाल बन्यो । जुनसुकै हालतमा उद्घाटन रोक्न माथिबाट आएको दबाबसामु पौडेलको अडान तग्ने कुरा पनि भएन । अन्ततः पौडेल हारे ।

तानाशाही शासनविरुद्धका आन्दोलनमा पटक पटक जेलनेल भोगे पनि उनका लागि लोकतान्त्रिक व्यवस्थाका क्रममा प्रहरी हिरासतमा पुगेको पहिलो अनुभव थियो । र, त्यही ईगो नै सायद प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमका लागि घ्यु सावित हुन पुग्यो । अनि, त्यही घ्युको नैतिक दबाबका कारण कांग्रेस निरन्तर आन्दोलनमा उत्रियो ।

तानाशाही शासनविरुद्धका आन्दोलनमा पटक पटक जेलनेल भोगे पनि उनका लागि लोकतान्त्रिक व्यवस्थाका क्रममा प्रहरी हिरासतमा पुगेको पहिलो अनुभव थियो । र, त्यही ईगो नै सायद प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमका लागि घ्यु सावित हुन पुग्यो ।


पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्चको आदेशका आधारमा अघि बढ्ने पक्षमा थिए । तर पौडेल भने जुनसुकै हालतमा सडकमा जाने अडानमा रहे । पौडेलमाथि नै सरकारी दमन भए पछि देउवाले पनि सहजै रुपमा पौडेलको विषयमा नरम देखिए र कांग्रेस देशव्यापी आन्दोलनमा गयो । देउवाले भनेझैं सर्वोच्चको फैसलाको कांग्रेसले सम्मान त गरेको छ ।

सभापति उम्मेदवार बन्ने योजनामा रहेका पौडेलका लागि त्यो पार्टीगत तथा समग्र राजनैतिक लाभका लागि कत्तिको फाइदाजनक होला त्यो भने केही समयमा विकसित हुने राजनैतिक घटनाक्रमले नै बताउनेछन् ।


तर शुरुदेखि नै आन्दोलनमा जोड दिएका पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना नै अबको गन्तव्य हुनुपर्ने बताएका थिए । सर्वोच्चबाट पनि त्यही आदेश आउने अपेक्षा उनको थियो ।
यस अर्थमा पौडेललाई आफूले भन्दै आएका कुराअनुसार नै देशको राजनीतिक गति गएकाले केही बढी जस मिलेको छ ।

तर, सभापति उम्मेदवार बन्ने योजनामा रहेका पौडेलका लागि त्यो पार्टीगत तथा समग्र राजनैतिक लाभका लागि कत्तिको फाइदाजनक होला त्यो भने केही समयमा विकसित हुने राजनैतिक घटनाक्रमले नै बताउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्