पूर्व राजपरिवारका सदस्य दमौली आउने

  • ख-
  • ख+

दमौलीः राक्से कालिका युवा क्लबको आयोजनामा मध्यनेपाल नगरपालिका १ चिण्डे लमजुङमा जारी श्रीमद्भागवत विराटज्ञान महायज्ञमा राजपरिवारका सदस्य आउने भएका छन् ।
बिहिबारका लागि हुने कार्यक्रममा पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाह आउने चर्चा थियो ।

तर व्यक्तिगत विशेष कारण हिमानी नआउने भएकाले पूर्व राजपरिवारकै कुनै सदस्य महायज्ञमा आउन सक्ने सम्भावना रहेको छ । त्यसमा पूर्व राजा ज्ञानेन्द्र वा पूर्व युवराज पारस पनि हुन सक्ने आयोजकले बताएको छ ।


महायज्ञको मुख्य आयोजक राक्से युवा क्लबका सुदीप थापाका अनुसार हिमानी शाह नै आउने निश्चित भए पनि उनी आउन नमिलेका खण्डमा राजपरिवारका अरु महत्वपूर्ण सदस्य आउन सक्नेछन् ।

‘सम्भवतः राजपरिवारकै सदस्य आउनुहुन्छ,’ उनले भने ।

राष्ट्रिय सरोकार मञ्च मञ्च नेपालका केन्द्रीय सदस्य उज्वल भट्टराई तथा राष्ट्रवादी अभियान तनहुँका संयोजक सफिक मियाँलगायतको नेतृत्वमा महायज्ञका लागि आउने पूर्व राजपरिवारका सदस्यलाई दमौलीमा स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी