युवालाई केन्द्रमा राखेर ‘ऋषिङ बनाउने अभियान’

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बेला बेला भन्ने गरेका छन्, ‘गाउँमै बसौं बसौं बनाउन लागि परेका छौं ।’ त्यही अभियान सफल पार्न गाउँपालिकामा युवा केन्द्रीत कार्यक्रमहरुसहितको ऋषिङ बनाउने अभियान थालिएको छ ।


गाउँमै सम्भावनाको खोजी
अमेरिकी दुतावासको सहयोगमा स्टोरी साईकलले गाउँपालिकाका कृषि, पर्यटन तथा सांस्कृतिक सम्भावनाको प्रचारसँगै विकासमा युवाको संलग्नतालाई बढावा दिनेछ ।

अभियानका क्रममा युवाको क्षमता विकास, कृषि र पर्यटनलाई जोड्नुका अलावा विभिन्न योजना निर्माण गरिएको छ, जसलाई गाउँपालिकाले आफ्नो कार्यक्रमका रुपमा अघि बढाउन पनि थालेको छ । ‘गाउँमै केही गर्न सकिने सम्भावनको विकास र प्रचारमा हाम्रो जोड हुनेछ,’ यस अभियानलाई प्राविधिक रुपमा सघाइरहेको स्टोरी साईकलका प्रमुख कार्यकारी शौरभ ढकालले भने । े


युवाका लागि सपनाको सहर
अमेरिकी दुतावासले यसअघि पनि विभिन्न ग्रामीण क्षेत्रमा युवाका लागि सपनाको सहर अभियानका लागि सघाइसकेको छ । अहिले ऋषिङको अभियान पनि त्यसैको निरन्तरता हो, दुतावासकी प्रवक्ता एना रिचे एलेनले भनिन्,‘सपनाको शहर युवा योजना हाम्रा लागि एक प्रयोग हो । हामी युवाहरूलाई उनीहरूको आफ्नै शिक्षा र प्रजातान्त्रिक संलग्नता प्रक्रिया डिजाइन गर्न चाहन्छौं ।’


युवाका योजनाका लागि गाउँपालिकाको बजेट
अभियानअन्र्तगतका विभिन्न क्रियाकलापलाई गाउँपालिकाले आफ्नै वार्षिक बजेटमा समावेश गरेको छ । यसले युवा आफैंले आफ्ना लागि छानेका योजनाको कार्यान्वयनमा मद्दत पुग्ने विश्वास गाउँपालिकाको छ । ‘ऋषिङमै बसौं बसौं बनाउने हाम्रो सपना हो,’ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भन्छन्,‘युवालाई चाहिने वातावरण बनाउन हाम्रो पुरा सहयोग रहनेछ ।’


गाउँमै कमाउने र बसाउने योजना
अबको केही समय चल्ने अभियानअन्र्तगत युवाले गर्दै आएका व्यवसाय, उनीहरु वरपरका सम्भावनाका विषय गुगल म्यापमा राखिएका छन् । यसले अन्यत्रका मानिसका लागि पनि त्यस ठाउँको सम्भावनाबारे परिचय दिने अपेक्षा गरिएको छ ।

सँगै, युवाको क्षमता विकासका अलावा गाउँमै अर्थोपार्जन गर्ने काममा पनि जोड दिइनेछ । ‘गाउँमा सम्भावना भएन भनेर विदेशिने युवाका लागि त्यहीं कमाई र बस्नयोग्य वातावरण बनाउन जोड दिइने योजना छ,’ अभियानमा शुरुदेखि नै संलग्न युवा अभियन्ता एवं अमेरिकी दुतावासका सञ्चार संयोजक अपार पौडेलले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्