दुर्गेशको अभिनय र सर्जनको निर्देशनमा अनुराग र कमलाको ‘लैबरी लै’ (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँका लोक आधुनिक गायक अनुराग थापा र गायिका कमला थापा मगरले स्वर दिएको भिडियो सार्वजनिक भएको छ । तनहुँकै नृत्य प्रशिक्षक सर्जन थापाको निर्देशन रहेको गीतको भिडियो हालै डोलराज बाह्रघरे मगर युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा र लोशना लामिछानेले मोडलिङ गरेका छन् ।
जन्मजात अपांगताकाा कारण हिंडडुल गर्न नसके पनि गायनमा अघि बढ्ने प्रयासमा रहेकी कमलाको गायनमा अनुरागले साथ दिएका हुन् । अनुरागले यस अघि पनि केही राम्रा गीत बजारमा ल्याइसकेका छन् ।


भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूलका नृत्य प्रशिक्षक सर्जन थापाको करियोग्राफी समेत रहेको भिडियो छोटो समयमै राम्रो प्रतिक्रिया पाउन सफल भएको गायक अनुरागले बताए ।
गीतमा संगीत अनुराग थापा तथा एरेन्ज डोलराज बाह्रघरेकै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी