घिरिङ गाउँपालिकाको ध्यानुङका स्थानियहरु हिजो आज मल बोक्न पर्म लगाउँदैछन् । खेती लगाउने समय सुरु भए सँगै महिला दिदीबहिनी हरुलाई मल बोक्न, बारी जोत्न चटारो भएको छ । दिनहुँ झै एक अर्काको पालो लगाएर काम गर्ने गरेका छौं मल बोक्ने मध्यकी अग्रज श्रीमाया आलेले भन्नुभयो ।