झापुटार एकतर्फी तटबन्ध रोक्न तनहुँ हाइड्रो सहमत, बेलबासतर्फ पनि गरिने

  • ख-
  • ख+

दमौली: जमिन संरक्षणका लागि भन्दै तनहुँ जलविद्युत आयोजनाले ऋषिङ एक झापुटारस्थित सेती किनारमा निर्माण गर्न लागेको तटबन्ध रोक्ने भएको छ ।

एकतर्फ मात्र तटबन्धन गर्दा व्यास १३ बेलबासतर्फ डुबानमा पर्न सक्ने भन्दै स्थानीयले विरोध गरे पछि आयोजनाले दुवैतर्फको तटबन्धन गर्ने सहमति गरेको हो ।


राजधानीमा गएको बेलबासका स्थानीयको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझीले दुवैतर्फको काम गर्न निर्देशन दिएका थिए ।


विघटित प्रतिनिध सभा सदस्य किसान श्रेष्ठ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेसमेतको रोहवरमा मन्त्री रायमाझीले तनहुँ हाइड्रोपावर कम्पनीका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेलाई दुवैतर्फको काम एकै साथ थाल्न निर्देशन दिएका थिए ।

एकतर्फी तटबन्ध गर्दा बेलबासलाई असर पर्ने भएकाले त्यसलाई रोकेर दुवै तर्फ शुरु गर्ने सहमति आयोजनाले जनाएको भेटमा सहभागी सुरज बुढाथोकीले जानकारी दिए ।


स्थानीय समाजसेवी यमबहादुर आलेको नेतृत्वमा वडा सदस्य लक्ष्मीकान्त मिश्रसहित आठ जना स्थानीयको टोली काठमाडौं गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्