डेनमार्कका सुभेच्छुकको सहयोगपछि बन्दीपुरकी निशाले नयाँ जीवन पाइन्

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालीका वार्ड नं(२ सिमलटार निवासी मृगौलासम्बन्धी बिरामी निशा सुवेदी आचार्यको उपचारार्थ डेनमार्कमा बसोबास गर्दै आएका बन्दीपुर २ सिमलटारका सामाजिक अभियन्ता बुद्धिप्रसाद सापकोटाको प्रमुख सक्रियतामा दुई लाख ३६ हजार रुपैयाँ सहयोग गरिएको छ ।


अभियन्ताहरु यमलाल सुबेदी, कृष्णप्रसाद पौडेल तथा उषा पुन मगरको लगायत डेनमार्कमा बसोबास गर्दै आएका सुभेच्छुकका तर्फबाट ईन्द्रेणी कार्यक्रम मार्फत पिडीत निशा सुवेदी आचार्यकी आमालाई हस्तान्तरण गरिएको छ ।


चरम आर्थिक संकटमा फसेको परिवारले ठूलो संकटबाट मुक्तिका साथै नयाँ जीवन पनि पाएको छ । आफ्नै आमाले मृगौला दिए पछि आचार्यले मृगौला प्रत्यारोपण गरि काठमाडौंको शिक्षण अस्पतालको निगरानीमा उपचार गरिरहेको हाल पोर्चुगलको लिस्बनमा रहेका नेपाली कांग्रेस बन्दीपुरका सचिव रामप्रसाद सापकोटाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्