अदालतको बहस अनि तनहुँमा लागेको ‘चुनाव’

  • ख-
  • ख+

पवन पौडेल
सर्वोच्च अदालतमा यतिखेर प्रतिनिधि सभा विघटनको बहस चल्दैछ । रिटका निवेदकले विघटनको विपक्षमा तर्क राखे पछि सरकारी वकिलले पक्षमा बहस गरेका छन् । यस विषयमा सर्वोच्चले गर्ने फैसलाले देशमा दुरगामी रुपमा राजनीतिक प्रभाव राख्नेछ ।

सर्वोच्चले दिने फैसला कि संसद पुनस्र्थापना हुनेछ वा विघटनको सदर हुनेछ । सर्वोच्चले फैसला नगर्दासम्म के होला भन्ने अन्यौल नै देशको राजनीतिमा छ । सत्तापक्षले चुनावको तयारीका लागि चालेका कदम पनि यदि सर्वोच्चले विपक्षमा फैसला गरेमा रोकिने निश्चित छ ।

यस्तोमा सरकारको निर्णयको पक्ष अनि विपक्षमा भएका पक्ष समेतले चुनावलक्षित तयारी गरिरहँदा चुनाव हुनै लागेको त होइन भन्ने छनक दिएको छ ।
चुनाव घोषणा गरेको सत्तापक्षले त भेला कार्यक्रमलाई प्रचारको अवसरका रुपमा लिने नै भयो । चुनावको विरोध गरेको नेपाली कांग्रेसको समूह समेतले अहिले चुनावको तयारी थालेको छनक उसका गतिविधिले दिएका छन् ।

चुनाव घोषणा गरेको सत्तापक्षले त भेला कार्यक्रमलाई प्रचारको अवसरका रुपमा लिने नै भयो । चुनावको विरोध गरेको नेपाली कांग्रेसको समूह समेतले अहिले चुनावको तयारी थालेको छनक उसका गतिविधिले दिएका छन् ।

यसले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले तनहुँको भानुमा आएर ‘कांग्रेसले बाहिर चुनावको विरोध गरे पनि भित्र प्रचार थालेको छ’, भनेर दिएको अभिव्यक्तिलाई बल पु¥याएको छ । सत्तारुढ दलका नेता आर्थिक मामिला मन्त्री किरण गुरुङले जिल्लाको दक्षिणी भेगमा उद्घाटनका कार्यक्रम गर्दै आफ्ना पक्षमा माहोल तयार पारिरहेका छन् ।

प्रदेश सरकारका दोश्रो वरियताका मन्त्री उनले धेरै बजेट दक्षिण भेगमा खन्याएकामा पछिल्लो समय राजनैतिक कार्यक्रममा समेत बढावा दिइरहेका छन् ।
अर्कोतिर, सरकारको कदमविरुद्ध आन्दोलनमै रहेका कांग्रेसका नेताहरु संगठन विस्तार र आफ्ना पक्षमा कार्यकर्ता पार्नका लागि जोडतोडका साथ लागेका छन् ।

केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल आ–आफ्नो पक्षमा नेता कार्यकर्ता जुटाउन कम्मर कसेर लागेका छन् । उनीहरु आफैं प्रत्यक्ष संलग्न भएर नै गुटगत छलफल र कार्यकर्ता तान्ने अभियानलाई बढावा दिइरहेका छन् ।


प्रतिनिधि सभा पुनस्र्थापना नै हुनुपर्ने भन्दै प्रधानमन्त्रीको कदमको प्रखर आलोचना गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जिल्लाको दक्षिणी भेग ऋषिङमा गएर दिएको चुनावसम्बन्धी अभिव्यक्ति अनि फेरि चुनाव लड्ने भन्दै तनहुँ टेलिभिजनको अन्र्तवार्ताले पनि चुनावी माहोललाई बढाइरहेको संकेत देखाएको छ ।

हुन त कांग्रेसको जिल्ला अधिवेशन र महाधिवेशन निकट भएकाले यसलाई त्यसको तयारीका रुपमा पनि लिन त सकिन्छ तर कतिपय नेताले प्रकट र अरु कतिपयले अप्रकट रुपमै टिकट र लड्ने ठाउँबारे बोलिरहँदा तनहुँमा अहिलेको क्षण भने निकटको चुनाव लागेकै हो जस्तो देखिएको छ ।

फेरि पनि चुनाव होला नहोला त सर्वोच्चकै आदेशमा भर पर्छ भन्नुपर्छ । तर नेताहरुको गतिविधि हेर्दा तनहुँमा चुनाव नै हुन लागेको त होइन भन्नेचाहिं कार्यकर्ता तहमा परेको पक्कै हो । भलै, सर्वोच्चले यो तयारीमा यु टर्न पनि दिन सक्ला तर नेताहरुका गतिविधिले भने चाँडै नै चुनाव हुन लागेको र अहिल्यै टिकटको दौडमा उनीहरु हिंडेका हुन् कि जस्तो भने पक्कै पारेको छ ।

फेरि पनि चुनाव होला नहोला त सर्वोच्चकै आदेशमा भर पर्छ भन्नुपर्छ । तर नेताहरुको गतिविधि हेर्दा तनहुँमा चुनाव नै हुन लागेको त होइन भन्नेचाहिं कार्यकर्ता तहमा परेको पक्कै हो ।


हुन त कांग्रेसको जिल्ला अधिवेशन र महाधिवेशन निकट भएकाले यसलाई त्यसको तयारीका रुपमा पनि लिन त सकिन्छ तर कतिपय नेताले प्रकट र अरु कतिपयले अप्रकट रुपमै टिकट र लड्ने ठाउँबारे बोलिरहँदा तनहुँमा अहिलेको क्षण भने निकटको चुनाव लागेकै हो जस्तो देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी