आँबुमा अन्टेस्ट मोटरसाईकल पल्टँदा २ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी २ मार्किचोक स्थित पृथ्वीराजमार्गमा अन्टेष्ट मोटरसाइकल पल्टँदा दुई जना घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु ६९ प ७७२१ को मोटरसाइकल सडक छेउमा पल्टँदा चालकसहित दुई घाइते भएको प्रहरीले जनाएको छ ।


चालक स्थानीय २२ वर्षका सुनिल विक र पछाडि सवार २४ वर्षका साजन थापा घाईते भएका हुन् । घाइते दुवैको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्