किड्नीको उपचारका लागि गएकी दमौलीकी युवतीको काठमाडौंमा निधन

  • ख-
  • ख+

भदौ १७, दमौली
किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । शुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको थियो ।


पारिवारिक श्रोतका अनुसार व्यास २ कालिका मार्गकी युवती यस अघि बाथको औषधी सेवन गर्थिन् । पिताका अनुसार बिरामी परे पछि काठमाडौंको अल्का अस्पतालमा उपचाररत उनलाई भाद्र ४ गते अल्का अस्पताल लगिएको थियो । अल्काले किड्नी फेल भएको र अवस्था जटिल भएको भन्दै १६ गते विहान त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । त्यहीं उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको बताइएको छ ।


पिताका अनुसार अघिल्लो दिन लिइएको स्वाबको नतिजा विहान पोजिटिभ भनेर चिकित्सकले जानकारी दिएका थिए । उनको राजधानीमा सेनाले मंगलबारै अन्त्येष्टि गरेको बताइएको छ ।


आमाको नतिजा नेगेटिभ
व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले युवतीको निधनपछि परिवारका तीन सदस्य होम आइसोलेसनमा रहेको र अन्य सदस्य पहिल्यै घरबाहिर रहेको जानकारी दिए । ‘उहाँहरु अरुबाट बेग्लै हुनुहुन्छ,’ उनले भने,‘अब केही दिनपछि पीसीआर संकलन गछौं ।’ घरमा पसल गर्नेलाई पनि बेग्लै रहन भनिएको उनले बताए ।


युवतीका पिताको परीक्षण नभए बपनि आमाको भने यस अघि नै नतिजा नेगेटिभ आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी