घिरिङको नयाँटार र गडौलीटारका २२० घरमा बत्ती

  • ख-
  • ख+

देव गजमेर

घिरिङ: बर्षौ देखी अन्धकार मा रहेको गडौलीटार र नयाँटार यति वेला झिलीमिली भएको छ ।घिरिङ गाउँपालिकाको सक्रियता मा २२० घरधरीमा बत्ती बालिएको हो ।

घिरीङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना ले बत्ती बालेर विद्युत सेवाको उद्घाटन गरे। घिरीङ गाउँ पालिकाका केही ठाउँहरूमा बिजुली बत्ती नरहेको र अब ति स्थानमा पनि विजुली बत्ती चांडै बल्ने उनले बताए ।

‘बत्ती बल्न बांकी ठाउँको काम पनि सकिन लागेको छ, अब छिट्टै बत्ती बल्छ,’ उनले भने ।

घिरिङ विधुतिकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सरस्वती सिग्देल,त्यसैगरी लेखनाथ वितरण केन्द्र का प्रमुख परिनोष कुमार चौधरी पि.डि.एम.आयोजना प्रमुख लक्ष्मण रेग्मी लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्