बमबहादुर, जसले एउटै विद्यालयमा ४२ वर्ष पढाए

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
एउटा शिक्षकले एक ठाउँमा कति वर्ष पढाउला ? एक शिक्षकले एउटै विद्यालयमा ४२ वर्षसम्म पढाएको म्याग्देको घटना धेरैका लागि अचम्मको विषय बनेको छ । गणेश मावि छाङमा लगातार ४२ वर्ष सेवा दिएर भरखरै मात्रै अवकाश लिएका छन्, उनले ।


२०३५ साल चैत १७ गतेदेखि २०७७ साल असार २६ गते सम्म अनवरत रूपमा शिक्षक पेशामा रहि अवकाश लिएका शिक्षक हुन् वमबहादुर मस्याङ्गि । उनलाई गणेश माविको माघ १५ गते भएको विद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विदाइ एवम् सम्मान गरिएको थियो ।

शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिएको र लगातार गणेश मावि मा मात्रै अध्यापन गराएको भन्दै उनलाई सबै वक्ताहरूले प्रसंसा गरेका थिए ।

गाउँको मायाले तान्दा अवसर त्यागे
‘एउटै विद्यालयमा मात्रै यति लामो समय सम्म शिक्षक पेशामा ?’, दमौली न्यूजको जिज्ञासामा उनको जवाफ थियो,‘मलाई यही गाउँको मायाले तान्यो ।’
उनलाई जनप्रकाश प्रावि छाङ कोलडाँडाको प्रधानाध्यापकको प्रस्ताव पनि आएको थियो । तर उनी गएनन् ।


म्याग्दे ४ घर भएका बम बहादुर निमावि शिक्षक थिए । उनले सुरुमा पढाउने वर्ष विद्यालयमा १ कक्षामा मात्रै १२९ जना भर्ना गरेका थिए । तर अहिले विद्यार्थी संख्या घट्दै गएको पाउँदा उनी चिन्तित देखिन्थे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्