दुवै मृगौला फेल भएका परिवारलाई युकेका दमौलीबासीबाट २ लाख सहयोग

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भएर प्रत्यारोपणको तयारीमा रहेकी व्यास १ व्यास १ हाईस्कूलटार निवासी आसामाया तामाङको उपचारका लागि दमौली घर भै हाल युकेमा रहेका दमौलीबासीले दुई लाख ३ हजार सहयोग पठाएका छन् ।


दमौली युनिटी युकेका युवाले हैरान्स क्लब अफ दमौलीमार्फत उपचारका लागि रकम पठाएका हुन् । उनीहरुले राजु थापा तथा हैरान्स क्लब दमौलीका उपाध्यक्ष बिमल थापामार्फत रकम बिरामीका आफन्त एवं डमौली पब्लिक अंग्रेजी स्कूलका प्रिन्सिपल सन्त तामाङलाई हस्तान्तरण गरेका हुन् ।


देश विदेशबाट सहयोग आएकाले सानीआमाको उपचार हुने आशा बढेको तामाङले बताए । उनले सहयोग पु¥याउनेलाई आभार समेत प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी