घिरिङमा धारादी खानेपानीको सभासद गुरुङबाट उद्घाटन

  • ख-
  • ख+

घिरिङः घिरिङ गाउँपालिका वडा नं ४ स्थित जितपुर धारादी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन भएको छ । आयोजनाको गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।

उनले लामो समयदेखि पानीको अभावमा समस्या भोगिरहेको नागरिकका लागि यो खुशीको खबर भएको बताइन् ।‘म कांग्रेसको सिपाही हुँदादेखी नै यहाँको शिक्षा, सडक तथा खानेपानीको समस्या समाधानमा लागिरहेको थिएँ । आज खानेपानी सहज भएको क्षणमा सहभागी हुन पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।

उनले सत्ताधारी दललाई जनताका आधारभुत बिषयमा सामान्य सम्बोधन चाहिँ नगर्ने तर गफ र भ्रमले आकाश छुने चरित्र देखाएको भन्दै आलोचना गरिन् ।

कोभिड १९ को निःशुल्क गराउने शंकल्प प्रस्तावलाई कम्युनिष्ट सत्ताले विफल गराएको भन्दै उनले जनताले भोगिरहेको महंगी र खाद्य बस्तुको सहज उपलब्धताको लागि स्थानीय तथा प्रदेश सरकार गम्भीर बन्नुपर्ने माग गरिन् ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका क्षेत्रीय सभापती एवम् ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नेपाली कांग्रेस विकासबाटै आफ्नो परिचय स्थापना गराउने उद्देश्यले लागिरहने बताए । ‘हामी सामुहिक परिवार हौं जितपुर लगायतको स्थानको खानेपानी,विद्युतिकरण तथा सडक विस्तार लगायत जनजिविकाको सवालमा अनवरत लगिरहनेछौं,’ उनले भने ।


घिरिङ्गमा नागरिकहरुमाथि विभेद भएको भन्दै उनले यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको बताए । ‘जनताका अधिकारप्रति गम्भीर बन्न म यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्छु,’ उनले भने ।


आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा , नेपाली कांग्रेसका क्षेत्रीय सदस्य सुशीलकुमार श्रेष्ठ , नेपाल तरुण दलका क्षेत्रीय सभापति दानबहादुर श्रेष्ठ, नेपाली कांग्रेस घिरिङ्गका उप सभापती सुमन थापा , घिरिङ्ग(४ का सभापती वीरबहादुर रानाभाट, ऋषिङ्ग गाउँपालिकाका प्रवक्ता विजय दरै, उपभोक्ता समितिका सदस्य भक्तबहादुर थापा, स्थानीय युवा कृष्ण थापा लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्