तनहुँ हाईड्रो निर्माणस्थलको विद्युत लाईन चार्ज हुने,तारमा नछुन आग्रह

  • ख-
  • ख+

दमौलीः तनहुँ जलविद्युत आयोजनाको सब स्टेशनबाट सुरुङ मार्गसम्मको लाईनमा विद्युत प्रसारण हुने भएको छ । आयोजनाले मंगलबारबाट तारमा विद्युत प्रवाह हुन थालेकाले तार नछुन आग्रह गरेको छ ।


ऋषिङ्ग गाउँपालिका वडा नं १ को जरुवा स्थित आयोजनाको ३३।११ के.भी. सवस्टेसन देखी आयोजनाको क्याम्प, झापुटार, सेती नदीको पुल, होक्से, तल्लो वेतीनी हुँदै आयोजनाको बाँध स्थल नजिक निर्माणाधिन पहुँच सुरुङ्गसम्म जाने ११ के.भीको प्रसारण लाइन छ ।


आयोजनाले एक सूचना निकाल्दै लाईन चार्ज गरिन लागेकाले लाईनमा प्रयोग भएका विद्युतिय पोल, च्यालन, तार, स्टे लगायतका विद्युतिय संरचना छुने तथा नजिक जाने, पोलमा चड्ने कार्य नगर्न अनुरोध गरेको छ ।

तनहुँ जलविद्युत आयोजनाले प्रकाशन गरेको सूचना


आयोजनाले सूचनालाई अटेर गरी कुनै पनि विद्युतिय दुर्घटना भएमा तनहुँ हाईड्रोपावर लिमिटेड जवाफदेही नहुने पनि उल्लेख गरेको छ ।


आयोजनाले चार्जका क्रममा विद्युतिय संरचनाको कहींकतै आगलागी भएमा सम्पर्क गरी जानकारी दिन पनि अनुरोध गरेको छ ।


आयोजनाले निर्माण कार्यका लागि विद्युतमार्फत आवश्यक काम गर्न यसअघि टाँगिएको तारमा नियमित विद्युत प्रवाह गर्न लागेको आयोजना प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी