‘सत्य डग्दैन कलि तग्दैन, हाम्रो दिन आयो’

  • ख-
  • ख+

सरिता गुरुङ
कोरोनाका कारण अकालमा कतिले ज्यान गुमाउनुप¥यो । तनहुँको भीमादमा एक राजनीतिज्ञको एका घरकै तीन जनाले पाँचै दिनभित्र ज्यान गुमाएको देख्दा इटलीको झझल्को दिलायो ।


कोरोनाकै कारण कतिको घरखेत पनि भयो । निःशुल्क उपचार भनिए पनि हेरालुलाई कुनै व्यवस्था छैन । निःशुल्क उपचार पनि प्रभावकारी छैन ।


कोरोना प्रभावितलाई सम्बोधन हुनुपर्छ भनेर नेपाली कांग्रेसका तर्फबाट हामीले जनताका लागि उठाएको प्रस्ताव पहिले फेल भयो । कतिपय पत्रकारले पनि सोध्नुभएको थियो । ्


तर ‘सत्य डग्दैन कलि तग्दैन’ भनेजस्तै दिन आयो । ढिलै भए पनि सरकारले हाम्रो कुरा महसुस गरेको छ । यो सबै पार्टीका लागि रहेछ भनेर पनि प्रमाणित भयो । कांग्रेस र जनता समाजवादी दलले पेश गरेको शंकल्प प्रस्तावलाई नेकपा र जनमोर्चाले पनि समर्थन जनाउँदा असाध्यै खुशी लागेको छ । अब कोरोनाबाट ढिलै भए पनि नागरिकले राहत पाउने आशा लिएका छौं ।

जनताको विश्वासको धरोहर भएकाले हामीले सभामा यो प्रस्ताव राखेका हौं । जनताको स्वास्थ्य मौलिक अधिकारमा पर्ने भएकाले अब यस प्रस्ताव पारित भए पछि कोरोना संक्रमितको उपचार प्रभावकारी हुने आशा राखेका छौं ।
(गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले आईतबार गरेको सम्बोधन)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी