देवघाटका अपांगता भएका २ लाई ह्विलचियर

  • ख-
  • ख+

देवघाटः राष्ट्रिय अपांगता पुनस्र्थापना नेपालको सहयोगमा तनहुँको देवघाट गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको छ ।


देवघाट ५ मा आयोजित कार्यक्रममा स्थानीय कुमार पाण्डे र दुलमाया भट्टलाई ह्विलचियर हस्तान्तरण गरियो ।


जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालको पहलमा ह्विलचियर वितरण गरिएको स्थानीयले जानकारी दिए । ह्विलचियर गुणस्तरीय भएकाले नागरिकलाई आवतजावतमा सहभजता मिल्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी