आँबुमा जनता समाजवादीको संगठन

  • ख-
  • ख+

आँबुखैरेनी: जनता समाजवादी पार्टी ले आँबुखैरेनी गाँउपालिकामा गाँउ कमिटि गठन गरको छ ।
आँबुखैरेनीमा मंगलबार भएको भेलाले पुर्ण गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।


समितिका उपाध्यक्षमा पुर्ण गुरुङ्ग, सचिवमा लक्ष्मी वि.क.,सह सचिवमा रुद्र वि.क.,ममता गुरुङ्ग, रहेका छन् गाँउ कमिटका सदस्यहरुमा सुन कुमारी गुरुङ्ग,सानुकान्छा गुरुङ्ग,राम माया वि.क.,नरजित गुरुङ्ग,आस्कोट गुरुङ्ग,र मनजु विक छन् ।


आँबुखैरेनीमा भएको भेलामा जनता समाजवादी पार्टी का बरिष्ठ नेता अशोक राईले सम्बोधन गरेका थिए । नेता राईले भेलालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नै उत्पिडनमा परेका वर्ग समुदायको पक्षमा काम गर्ने पार्टी भएको हुदा सबै नेता कार्यकता जनता समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरे ।

जनता समाजवादी पार्टीका तनहुँका अध्यक्ष कृष्ण गुरुङ्ग,जनता समाजवादी पार्टी व्यास नगरका अध्यक्ष अम्मर भण्डारी, जनता समाजवादी पार्टीका नेता चन्द्र गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी