देवघाटबाट धेरै कार्यकर्ता दमौली उतारिने

  • ख-
  • ख+

देवघाटः सोमबार दमौलीमा कांग्रेसले गर्न लागेको विरोध सभालाई शक्ति प्रदर्शनका रुपमा कांग्रेसले लिएको छ । सभामा सक्दो कार्यकर्ता उतार्ने निर्णय शनिबार देवघाटमा बसेको भेलाले लिएको छ ।


पार्टी देवघाट सभापति प्रेमबहादुर गुरुङको अध्यक्षतामा बसेको भेलाले सबै वडाबाट सक्दो कार्यकर्ता उतार्ने निर्णय गरेको पार्टीले जनाएको छ । यसका लागि सबै भ्रातृ संस्था परिचालन गर्ने निर्णय गरिएको छ ।


महासमिति सदस्य रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा कोषाध्यक्ष रेशम गुरुङ, सह सचिव एवं जिल्ला प्रतिनिधि केशबहादुर सुनार, जिल्ला सदस्य चिजा श्रेष्ठ, आमन्त्रित सदस्य सुरेश भट्टराईलगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्