प्रेमराजा र बिमाकुमारीको स्वरमा ‘घर मेरो दमौली माथी मानुङ डांडैमा’

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल मानुङ डाँडाबारे चर्चित लोक गायक गायिकाले गीत गाएका छन् ।
नेपाली मौलिक शैलीको ‘घर छ मेरो दमौली माथि मानुङ डाँडैमा’ गीतमा हाल अमेरिका रहेका तनहुँका चर्चित लोक गायक प्रेमराजा महत र अर्की चर्चित लोक गायिका बिमाकुमारी दुराको स्वर छ ।


गीतमा गायक महतले चर्चित गायिका एवं मोडेल शान्ती भण्डारीसँग भिडियो तयार पारेका छन् । उनले सामाजिक सञ्जालमा यससम्बन्धी पोष्ट गर्दै भिडियो छायांकन भएको बताएका हुन् ।


गायक महतको आफ्नै संगीत रहेको भिडियोको नमिलो टिमका बिक्रान्त र बिशालले गरेका छन् भने नृत्य निर्देशन केसी डान्स सेन्टरका नबिन र लुनाले गरेको गायक महतले जानकारी दिए । उनले यस गीतका लागि सबैबाट आशिर्वादको अपेक्षा गरेको पनि उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी