दर खाँदा यी कुरामा ध्यान दिनुस्

  • ख-
  • ख+

तीजको दिन व्रत बस्ने महिलाहरुले आज राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीर कमजोर नहोस् भनेर आज दर खाने चलन रहेको छ ।

विशेषगरी दर खाँदा आढिलो हुने खानेकुरा खानेृ चलन छ साथै विभिन्न परिकार पनि । तर, दर भनेर एकैपटक धेरै खाना खाएमा बिरामी पर्ने सम्भावना धेरै हुन्छ ।

त्यसैले यी कुराहरुमा ध्यान दिनुस् । 

धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन र  आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ,  विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ । मदिरा पिउनु हुदैंन । हरियो सागपात, पहेंलो फलफूल खानुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । निराहर व्रत बस्न सकिदैंन भने फलफूलको जुसहरु पिउनु राम्रो हुन्छ । व्रत बस्नुअघि शरीरिक र मानसिक रुपमा तयार पनि हुनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्