ब्रिटिश सैनिकद्वारा जन्मदिनको अवसरमा उज्यालो घरका बालबालिकालाई सहयोग

  • ख-
  • ख+

दमौली: व्यास १० बैरेनिस्थित उज्यालो घर बालगृहका बालबालिकालाई एक ब्रिटिश सैनिकले ब्ल्यांकेट सहयोग गरेका छन् ।व्यास २ मामाघर तथा सामाखुसी २९ काठमाडौं निवासी हिलसन तमाङले आफ्नो जन्म दिनका अवसरमा उज्यालो घर बाल आश्रमलाई ब्ल्याङ्ग्केट सहयोग गरेका हुन्।

चिसोमा पर्याप्त न्यानो ओढ्ने नभएको सुने पछि हाल बेलायत फौजमा रहेका तामाङले आफ्नी साथी जेनेसिस किन्डर वर्ल्डकी सञ्चालिका शुसिला राईमार्फत ६ ब्ल्यांकेट सहयोग गरेका हुन् ।

राईले गृहका अध्यक्ष सागर घिमिरेलाई सहयोग हस्तान्तरण गरिन् । घिमिरेले जन्मदिनका अवसरमा आवश्यक सहयोग गरेको भन्दै तामाङलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि शुभेच्छुक बाट सहयोग अपेक्षा गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी