राजनैतिक अस्थिरताको जड र धर्मराउँदो सरकारलाई मेरा प्रश्न

  • ख-
  • ख+

चण्डिका पौडेल: सचिवालय वैठकमा प्रस्तुत गर्नुभएकाे राजनीतिक प्रतिवेदन सरसर्ती अध्ययन गरेपश्चात मेराे मनमा सरकारप्रति उब्जेका केही प्रश्नहरु निम्नानुसार उल्लेख गर्दछु ।
१. याे राजनीतिक प्रतिवेदन हाे कि प्रधानमन्त्रीविरूद्धकाे अभिव्यक्तिकाे संगालाे हाे ? राजनीतिक प्रतिवेदनमा त सैद्धान्तिक विचार विमर्श, विश्लेषण र भावि कार्यदिशा उल्लेख गरिन्न र ?
२. याे प्रतिवेदनले प्रधानमन्त्रीलाई गालि त मनग्यै गरेकाे देखिन्छ । सरकार र पार्टीमा बग्रेल्ती समस्या उजागार त गर्याे ।तर तेसकाे समाधानकाे लागि way forward खाेइ त ?
३. सत्ताधारी राजनीतिक दलकाे अौपचारिक बैठकमा एउटा अध्यक्षले अर्का अध्यक्ष एवं सरकारकाे नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री अाेलिमाथी यतिधेरै संगीन आराेपहरु (भ्रष्टाचार, व्यक्तिवाद, राष्ट्रिय हित विपरितका कार्यहरु, संघीयता र हाल सम्मका राजनीतिक उपलब्धिहरु विरुद्धका कार्यहरु अादि) लगाएपश्चात त्यसकाे सांगाेपांगाे विश्लेषण गरि यथार्थ कुरा जनतालाई अवगत गराइन्छ कि याे विषय यत्तिकै हराउँछ ?
४. अहिले ने.क.पा. मा देखिएकाे अन्तरविराेध राष्ट्रिय हित र जनजिविकाकाे सवालमा भन्दापनि पद, पैसा र पावरका लागि भएकाे देखिन्छ । नत्रभने यत्राे संकटकाे बेलामा सबै मिलेर संकटकाे सामना गर्नु पर्नेमा याे झगडा किन त ?
५. हिजाे कांग्रेशले नि जनताकाे अभिमत पचाउन सकेन । सत्ताकाे उन्माद र आपसी झगडाकाे कारण ५ वर्षसम्म सरकार टिक्न सकेन। अाज कम्युनिष्टहरुपनि तेही बाटाेमा लाग्दैछन । अब २०६२/६३ काे आन्दोलन र तत्पश्चातकाे राजनीतिक उपलब्धिपश्चात् पनि जनजिविकामा सुधार अाउन नसकेपछि जनतामा पुनः नैराश्यता छाएकाे छ । अब नेपाली राजनीतिकाे माेड पुनः ब्यवस्था परिबर्तन तर्फ जान बेर छैन ।
६. साँच्चै भन्ने हाे भने नेपालमा लाेकतन्त्र हाल सम्म पनि आएकै छैन । संविधानका पानामा त प्रजातन्त्र २००७ सालदेखि नै अाएकाे हाे । २०६२/६३ काे परिवर्तनपश्चात् त प्रजातन्त्र भन्न पनि छाडेर अझ त्याे भन्दा पनि उन्नत स्वरुपकाे शब्द खाेजेर लाेकतन्त्र भन्न थालिएकाे छ । अब नेपालमा लाेकतन्त्रले नि काम गर्लाजस्ताे देखिएन । अब दलहरू महालाेकतन्त्र ल्याउनु पर्याे भनेर जनतामाझ अाउन नि बेर छैन । महालाेकतन्त्र ल्याएपनि राजनीतिक दलकाे पारा यही हुने हाे भने केही हुने वाला छैन । बास्तवमा नेपालमा मुख्य समस्या राजनीतिक दलभित्रै छ । बहुदलिय लाेकतान्त्रिक व्यवस्थाका मुख्य खेलाडी राजनीतिक दलभित्र आन्तरिक लाेकतन्त्रकाे राम्राे अभ्यास हुन पाएकै छैन । दलभित्र शीर्ष नेताहरूकाे सिन्डिकेट चलेकै छ । अनि कसरी हुन्छ लाेकतन्त्र संस्थागत?
७. सारमा भन्नुपर्दा अब नेपालमा राजनीतिक ब्यवस्था परिवर्तन हाेइन, राजनीतिक दलभित्रकाे अवस्था परिवर्तन गर्न जरुरी छ । राजनीतिक दलभित्रकाे लाेकतान्त्रिकीकरण, राजनीतिक संस्कृतिमा सुधार आजको आवश्यकता हाे ।

  • लेखक तनहुँ जिल्ला ,ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्