ऋषिङ उपाध्यक्ष र वडाध्यक्षले पनि दशैं भत्ता कोरोना राहत कोषमा दिए

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा तथा वडा नम्बर ६ का वडाध्यक्ष भक्तबहादुर आलेले दशैं भत्ताको रकम कोरोना राहत कोषमा जम्मा गरेका छन् ।


उपाध्यक्ष आले र वडाध्यक्ष आलेले कोरोना प्रभावितको उपचारका लागि कोषमा कमी हुन नदिन रकम जम्मा गरेको जानकारी दिए ।


यस अघि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पनि रकम कोषमा जम्मा गरेका थिए ।
अरु जनप्रतिनिधिहरुबाट पनि राहत कोषमा जम्मा गर्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी