जुममार्फत तनहुँ समाज युएईले छान्यो नयाँ समिति

  • ख-
  • ख+

अध्यक्षमा सुदीप कार्की सर्वसम्मत
युएईः तनहुँ समाज युएईले जुम मिटिङमार्फत दोश्रो अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ । युएईमा कोरोना संक्रमणका कारण जोखिम हुन नदिने हिसाबले जुम बैठक बसेर सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष कृष सुनारले जानकारी दिए ।
संरक्षक दीपक खड्काको प्रमुख आतिथ्यमा जुम बैठकमार्फत चयन गरिएको कार्य समितिको अध्यक्षमा सुदीप कार्की चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा कल्पना लामिछाने रिमाल, उपाध्यक्षमा कृष र वसन्त थापा, महासचिवमा सुरिन भुजेल चयन भएका छन् । यसैगरी सचिवमा भुवन थापा मगर, प्रवक्तामा गणेश बस्नेत क्षत्री, कोषाध्यक्षमा रमेश गोदार चयन भएका छन् ।
समाजका सह कोषाध्यक्षमा रमेश थापा, युवा संयोजकमा अमरराज पन्थी, महिला संयोजकमा विद्या ढकाल चयन भएका छन् ।

डोल राना मगर संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्य समिति चयन गरेको थियो । समाजका केन्द्रीय सदस्यहरुमा अपील भट्टराई, नेत्र लामिछाने, सूर्य थापा, देवबहादुर शाही ठकुरी, ज्ञानबहादुर शाही, देवराज आले, पूर्ण बहादुर थापामगर, प्रदीप श्रेष्ठ, सीता पन्त
र श्रृजना तामाङ छन् ।


समाजले अबुधाबी क्षेत्रीय संयोजकमा गोविन्द आचार्य, अजमान क्षेत्रीय संयोजकमा अर्जुन खड्का, फुजेरा रसअल खैमाह क्षेत्रीय सम्योजकमा राम सपाकोटा तथा अल ऐन क्षेत्रीय संयोजकमा दिनेश बस्नेतलाई चयन गरेको छ ।

समाजका प्रमुख संरक्षकमा दिपक खड्का, वरिष्ठ सल्लाहकार भिमनारायण श्रेष्ठ तथा प्रमुख सल्लाहकारमा हिरालाल श्रेष्ठ छन् ।

समाजका सल्लाहकारमा श्रीकृष्ण आचार्य, अमर रानाभाट, टक गुरुङ, कृष्ण रायमाझी, भेषराज ढकाल, बसन्त रिमाल, बिष्णु थापा, बिष्णु बगाले, डोल राना मगर, दिपकराज पौडेल, देव गुरुङ, भीम नरसिंग बस्नेत र महेश श्रेष्ठ छन् ।

निवर्तमान अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको समाजले जनाएको छ । युएईमा कार्यरत जिल्लावासीको साझा संस्था समाज तनहुँमा सामाजिक सेवाका क्षेत्रमा सक्रिय छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी