भारतीय सुरक्षा विज्ञको विश्लेषण- ‘दक्षिण एसियाली छिमेकीले भारतलाई सम्मान गर्न छाडे’

  • ख-
  • ख+

भारतको राष्ट्रिय सुरक्षा परिषद सचिवालयकी पूर्व परामर्शदाता तथा अन्तर्राष्ट्रिय सुरक्षा अध्ययनकी विश्लेषक वैशाली वासु शर्माले भारतलाई दक्षिण एसियाली छिमेकीहरुले सम्मान गर्न छाडेको निष्कर्ष निकालेकी छिन् ।

यसअघि भार तले आफ्ना छिमेकीहरुलाई सम्मान गर्न नसकेको परिस्थितिमा समयक्रमसँगै ती छिमेकीले समेत भारतलाई सम्मान गर्न छाडेको विश्लेषण गरेकी छिन् ।

भारतीय अखबार द वायरमा एक लेख प्रकाशित गर्दै शर्माले दक्षिण एसियाली अन्य देशहरु र भारतले एक अर्कालाई सम्मान नगर्ने अवस्था अहिले दोहोरो भएको ठकर गरेकी छिन् ।

हालै बंगला देशी प्रधान मन्त्री शेख हसिनाले भारतीय कूट नीतिज्ञलाई लगातार ४ महिनासम्मको अनुरोधपछि पनि भेट गर्न नमानेपछि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला हतारहतार ढाका जानुपरेको परिस्थितिको उदाहरण दिँदै उनले नेपाल र श्रीलंकाको हकमा पनि भारतको सम्बन्ध यस्तै गरी बिग्रिएको विश्लेषण गरेकी छिन् ।

विश्लेषकहरुले बंगलादेश चीनतर्फ ढल्किँदै गरेको विश्लेषण गरेको र श्रीलंका र नेपालको पनि अवस्था उस्तै रहेको उनको धारणा छ।

दक्षिण एसियाका भारतमा नजिकका मित्र राष्ट्रहरु भारतबाट टाढा हुँदै जानुको पछाडि भारतको विदेश नीतिमा कहाँनिर चूक भयो भन्ने अब खोज्नुपर्ने बेला आएको उनले बताएकी छिन् । भारतलाई छिमेकीहरुले यसरी पिठ्यूँ देखाउनुको कारण भारतको ठूल्दाई प्रवृत्ति भएको उनको ठम्याइ छ ।

भारतको विद्यालयस्तरको पाठ्यक्रममै भारतका छिमेकीहरु उसको सानो भाइ भएको भनेर पढाइने उल्लेख गर्दै उनले भारतीय नेताहरुको विभिन्न विवादास्पद अभिव्यक्तिका कारण पनि छिमेकी देशको नेतृत्वलाई भारतसँग न्यानो सम्बन्ध राख्नबाट रोक्ने उनले लेखेकी छिन् ।

‘भारतले नागरिकता दिने प्रस्ताव गर्ने हो भने आधा बंगलादेश खाली हुन्छ’ भन्ने जस्ता अभिव्यक्ति छिमेकीलाई टाढा बनाउने कारक रहेको उनको बुझाइ छ ।

नेपाल–भारत सीमा वि’वाद सुल्झाउन दुई देशको विदेश सचिव स्तरीय संयन्त्रको बैठक बस्ने र निष्कर्ष निकाल्ने २ देशका प्रभानमन्त्रीको सहमति पछि भारतले नचाहेका कारण यो बैठक बस्न नसकेको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ र लगत्तै भारतका सेना प्रमुख एमएम नरवणेले सीमा विवादका विषयमा नेपालले अरु कसैको उक्साहटमा बोलेको भन्ने अभिव्यक्तिले पनि भारतको सम्बन्ध विगारेको शर्माले उल्लेख गरेकी छिन् । भुटान समेत सीमा विवाद सुल्झाउने गरी चीनसँग निकट हुन थालेको उनको बुझाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी